नियम ३३
समानान्तर अधिकारक्षेत्रको प्रयोग गरी उपचार माग गरे नगरेको कुरा
(१) बन्दीप्रत्यक्षीकरणको निवेदन दिँदा वा लिँदा सो विषयमा सर्वोच्च अदालत वा उच्च अदालतमा कुनै निवेदन दिएको वा कानूनी कारबाही चलाएको छवा छैन भन्ने व्यहोरा स्पष्ट खुलाउनु पर्नेछ ।

(२) निषेधाज्ञाको निवेदन दिँदा वा लिँदा सो विषयमा उच्च अदालतमा कुनै निवेदन दिएको वा कानूनी कारबाही चलाएको छ वा छैन भन्ने व्यहोरा स्पष्ट खुलाउनु पर्नेछ ।

(३) उपनियम (१) वा (२) बमोजिम खुलाइएको विवरण पछि मुद्दा कारबाही गर्दै जाँदा झुट्ठा वा गलत देखिन आएमा त्यस्तो निवेदन खारेज गर्न सकिनेछ ।